सेञ्चुरी कमर्सियल बैंकको सेयरमा मूल्य समायोजन, कति पुग्यो भाउ?

डिसी नेपाल
४ पुष २०७९ १०:०४
120
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ। लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको ४.७५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि बैंकको सेयर मूल्य १७६ रुपैयाँ ६१ पैसा कायम भएको छ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन भएको थियो। अघिल्लो कारोबार दिन (आइतबार) बैंकको सेयर प्रतिकित्ता १८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। नयाँ मूल्यलाई आधार मानेर आज बैंकको सेयर कारोबार खुल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.