यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

डिसी नेपाल
४ पुष २०७९ १०:२२
48
Shares

काठमाडौँ। आज सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको विवरण अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, हरियो अंगुर २१३ रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ३५ रुपैयाँ, अनार २८३ रुपैयाँ र अमला ५६ रुपैयाँ ६७ पैसा छ। त्यस्तै, अम्बा १५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैया, रातो आलु ४९ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैया छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती ९८ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३१३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३१० रुपैयाँ, टनेल गोलभेडा २० रुपैयाँ ४०, राजमा घिउ सिमी ८६ रुपैयाँ ६७ ताेकिएकाे छ। चम्सुरको साग ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ २० पैसा र हरियो धनिया ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.