ज्याकलिन फर्नान्डिजले बहराइन भ्रमणको अनुमति मागिन्

डिसी नेपाल
६ पुष २०७९ ११:१०
204
Shares

काठमाडौं । अभिनेत्री ज्याकलिन फर्नान्डिजले २३ डिसेम्बरदेखि बहराइन भ्रमणको अनुमति मागेकी छिन् । दिल्लीको एक अदालतले ईडीलाई यसबारे विस्तृत जवाफ दिन भनेको छ।

पटियाला हाउस कोर्टका विशेष न्यायाधीश शैलेन्द्र मलिकले ईडीसँग जवाफ मागेका छन् र सुनुवाईको लागि डिसेम्बर २२ तोकेका छन्।

३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ । यो निकायले आर्थिक अपराधको अनुसन्धान गर्छ।

ईडीले ज्याकलिनसँग पटक पटक सोधपुछ गरिसकेको छ ।

ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.