नेपालले बाबा रामदेवको कम्पनीसहित १६ भारतीय औषधि कम्पनीलाई प्रतिबन्ध लगायो
काठमाडौं । नेपालको औषधि नियामक निकायले १६ भारतीय औषधि कम्पनीलाई कालोसूचीमा राखेको छ । जसमा बाबा रामदेवको कम्पनी दिव्या फार्मेसी पनि समावेश छ।
समाचार एजेन्सी पीटीआईका अनुसार औषधि व्यवस्था विभागले यी कम्पनीहरूले विश्व स्वास्थ्य संगठनको उत्पादन मापदण्ड पालना गर्न असफल भएको बताएको छ।
औषधि प्रशासनले यी औषधि आपूर्ति गर्ने नेपालका स्थानीय एजेन्टलाई तत्काल प्रभावबाट फिर्ता लिन सूचना जारी गरेको छ । ती औषधि नेपालमा पैठारी गरी वितरण गर्न नपाइने सूचनामा उल्लेख छ ।
अप्रिल र जुलाइमा विभागले औषधि कम्पनीका कारखानामा औषधि निरीक्षकको टोली पठाएको थियो ।
दिव्या फार्मेसी बाहेक, सूचीमा रेडियन्ट पेरेन्टेरल्स लिमिटेड, मर्करी ल्याबोरेटरीज लिमिटेड, एलायन्स बायोटेक, क्याप्टाब बायोटेक, एग्लोमेड लिमिटेड, जी ल्याबोरेटरीज, ड्याफोडिल्स फार्मास्युटिकल्स, जीएलएस फार्मा, युनिजुल्स लाइफ साइन्स, कन्सेप्ट फार्मास्युटिकल्स, श्री आनन्द लाइफ साइन्सेस, आईपीसीए ल्याबोरेटोरी, क्याडिला हेल्थकेयर, डायल फार्मास्यूटिकल्स र म्याकुर ल्याबोरेटोरी छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment