राष्ट्रिय वाणिज्य बैंकले १२.५ प्रतिशत लाभांश दिँदै, बोनस सेयर र नगद कति ?
काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंकले चुक्ता पुँजी १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार ९९ रुपैयाँको ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख १७ हजार ९५४.९५ रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशत १ अर्ब ४ करोड ५५ लाख २६ हजार ९३२.४३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेका छन्।
यसका साथै बैठकले बार्षिक साधारण सभा र बुकक्लोज मिति पनि तय गरेको छ। बैंकको १७ औँ वार्षिक साधारणसभा पुस २८ गते बस्ने भएको छ। सभा काठमाण्डौको दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंकको सभाहलमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन्।







डिसी नेपाल







Facebook Comment