प्रभु बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, टाटा मोटर्सको इभी किन्दा बैंकले सजिलै कर्जा दिने

डिसी नेपाल
७ पुष २०७९ १४:५२
88
Shares

काठमाडौँ। प्रभु बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङका तर्फबाट महाप्रबन्धक शावन्तजंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ प्रालिबाट ग्राहकहरुले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।

हाल देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ। यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.