खल्तीबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु. १००० सम्म क्यासब्याक

डिसी नेपाल
७ पुष २०७९ १५:०३
32
Shares

काठमाडौँ। ‘खल्ती’ले अब प्रयोगकर्ताहरुका लागि सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ। यस सुविधासंगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा रू. १००० सम्मको क्यासब्याक प्राप्त गर्ने अफर पनि खल्ती ले ल्याएको छ।

तसर्थ, लामो लाइन बसी डिजिटल भुक्तानी गर्न, तुरुन्त भुक्तानी गर्न र समयमै भुक्तानी नगर्दा लाग्ने जरिवानाबाट बच्न तथा ग्राहकहरूलाई प्रोत्साहन गर्न खल्तीले यो सेवा ल्याएको हो ।

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने,“प्रविधि र प्रगतिको परिवर्तनसँगै, डिजिटलाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्महरू मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन् र भुक्तानी सहजै तिर्न मिलोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।”

इच्छुक प्रयोगकर्ताले तल बताइएको अनुसार सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन् :
१. खल्ती एप को होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्नुहोस्
२. ‘सानिमा लाईफ इन्स्योरेन्स’ छनौट गर्नुहोस्
३. मागिएको विवरण भरि भुक्तानी गर्नुहोस्

प्रयोगकर्ताले भुक्तानी गरेपछि रु १००० को तत्काल बोनस पाउनेछन्। तर, खल्ती प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.