बाणगंगा नदीमा एक जनाले हाम फालेको आशंका

डिसी नेपाल
७ पुष २०७९ १८:५५
68
Shares

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशंका गरिएको छ । नदीको रामघाट पुलबाट हाम फालेर डुबेको आशंकामा प्रहरीले खोजतलास सुरु गरेको छ ।

कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माले हाम फालेको आशंकामा खोजतलास थालिएको हो । बर्मा बुधबार बिहान ९ बजेदेखि बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फोन लोकेसन ट्रयाक गर्दा रामघाट पुल देखिएपछि अनुसन्धान जारी गरेको थियो । प्रहरीले बर्माले प्रयोग गर्दैआएको एउटा फोन पुल माथि फेला पारेको छ । फोन भेटिएपछि नदीमा हामफालेको आशंका गरिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *