आजको तरकारी तथा फलफूलको मूल्य

डिसी नेपाल
८ पुष २०७९ १०:४४
24
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  शुक्रबार लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्यसूचीअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ।

अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेंडा ३४ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, एभोकाडो ३२५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैया, रातो आलु ५१ रुपैयाँ ३३ पैसा, स्थानीय काउली ३६ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी ३२५ रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ, गुन्दुक २९० रुपैयाँ, टनेल गोलभेंडा १८ रुपैयाँ ८० पैसा, लोकल घिउ सिमी ७५ रुपैयाँ, चम्सुरको साग ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ ९८ रुपैयाँ, डल्ले च्याउ ३७० रुपैयाँ, तितो करेला ९६ रुपैयाँ ६७ पैसा, लोकल परवल ६६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४६ रुपैयाँ ४० पैसा र हरियो धनिया ४६ रुपैयाँ ६७ पैसा कायम रहेको समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.