साधना लघुवित्तले गर्यो लाभांश दिने घोषणा
काठमाडौँ। साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्नको लागि १ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
संस्थाले हाल कायम चुक्तापुँजी ३२ करोड १२ लाख २५ हजार ५०० रुपैयाँको १९ प्रतिशतले हुन आउने ६ करोड १० लाख ३२ हजार ८४५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३२ लाख १२ हजार २५५ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment