आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

डिसी नेपाल
१९ पुष २०७९ ६:३५
60
Shares

काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *