उद्योगमन्त्रीको कडाइपछि ४० वर्षदेखि रोकिएको बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको कडा निर्देशनपछि विगत ४० वर्षदेखि उठ्न नसकेको उद्योग क्षेत्रको बक्यौता रकम धमाधम असुल हुन थालेको छ।
मन्त्रालयले लामो समयदेखि रोकिएको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राखेर प्रक्रिया तीव्र पारेपछि करोडौँ रुपैयाँ सरकारी कोषमा जम्मा भएको हो।
वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम नतिरी बसेका उद्योग तथा संस्थाहरूमाथि कडाइ गरिएसँगै हालसम्म ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा बक्यौता असुली भइसकेको छ। यसैक्रममा पछिल्लो समय ‘कन्टिनेन्टल’बाट मात्रै ४ करोड ११ लाख ९३ हजार ६८९ रुपैयाँ ७५ पैसा असुल गरिएको छ।
८१६ उद्योगको बिजुली अझै ठप्प, एक उद्योगमा पुनः लाइन जोडियो
बक्यौता असुली अभियानसँगै लामो समयदेखि थप्प रहेका उद्योगहरूको सञ्चालन सहज बनाउनेतर्फ पनि मन्त्रालयले पहल थालेको छ।
जसअन्तर्गत हालै थप एक उद्योगको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ। यद्यपि, महसुल नबुझाएका कारण अझै पनि ८१६ वटा उद्योगको विद्युत् लाइन भने काटिएकै अवस्थामा रहेको छ।
मन्त्री यादवको सक्रियतापछि वर्षौँदेखि अलपत्र परेको राज्यको रकम उठ्न थालेपछि सरकारी राजस्व संकलनमा सकारात्मक प्रभाव परेको छ। मन्त्रालयका अनुसार बाँकी रहेका अन्य उद्योगहरूबाट पनि बक्यौता असुली कार्यलाई निरन्तरता दिइनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment