इबोलाको प्रकोप इतिहासकै सबैभन्दा घातक बन्न सक्ने डब्ल्यूएचओको चेतावनी
Ethiopian Minister of Foreign Affairs Tedros Adhanom Ghebreyesus attends a press conference launching his candidacy to the post of Director General of the World Health Organization (WHO), on the sidelines of the WHO's annual assembly, on May 24, 2016, in Geneva.
Delegates from 194 member-states gather for the second day of the WHO's annual assembly, with the UN agency's chief Margaret Chan warning in an opening address that the world was not prepared to cope with a rising threat from infectious diseases. / AFP / FABRICE COFFRINI (Photo credit should read FABRICE COFFRINI/AFP/Getty Images)
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस गेब्रियेससले डेमोक्रेटिक रिपब्लिक अफ काङ्गो (डीआरसी) मा फैलिएको इबोलाको हालैको प्रकोप यसै गतिमा बढिरहे इतिहासकै सबैभन्दा घातक बन्न सक्ने चेतावनी दिएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले सन् २०२६ को यो प्रकोप हालको गतिमा अघि बढे सन् २०१४-२०१६ को इबोला सङ्क्रमणलाई पनि पछाडि पार्न सक्ने बताए। सो अवधिमा इबोलाका कारण कम्तीमा ११ हजार मानिसको ज्यान गएको थियो।
यस वर्ष इबोला प्रकोपको आधिकारिक घोषणा मे १५ मा गरिएको थियो। हालसम्म कम्तीमा ४,३०० भन्दा बढी मामिला (केस) पुष्टि भइसकेका छन् भने २,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
विश्व स्वास्थ्य सङ्गठनले आगामी तीन महिनाभित्र भाइरसको फैलावटलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बुधबार जनाएको छ।
यद्यपि, डब्ल्यूएचओले यसको अर्थ तीन महिनाभित्रै यो महामारी पूर्ण रूपमा समाप्त हुनु भने नरहेको स्पष्ट पारेको छ। हालको मुख्य लक्ष्य भनेको सङ्क्रमण थप फैलिन नदिनु र यसको गतिलाई सुस्त बनाउनु हो।
स्वास्थ्य अधिकारीहरूका अनुसार इबोलाको यो प्रकोप मे महिनामा आधिकारिक घोषणा हुनुभन्दा कम्तीमा तीन महिनाअघि नै सुरु भइसकेको थियो।
डब्ल्यूएचओ अफ्रिकाका निर्देशक डा. मोहम्मद जनाबीले बूनिया सहरमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामी भाइरसको पछाडि दौडिरहेका छौँ, तर भाइरस हामीभन्दा अगाडि छ।”
अनुसन्धानबाट यो भाइरस फेब्रुअरीदेखि नै फैलिन थालेको पुष्टि भएको उनले बताए। सुरुआती चरणमा धेरै बिरामीहरूमा इबोलाको पहिचान हुन सकेको थिएन र उनीहरूको लक्षणलाई मलेरिया वा टाइफाइड सम्झिएर उपचार गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment