भदौं २२ बाट मंसिर २८ मा सर्यो सुव्रतको ‘सुश्री सम्पति’

डिसी नेपाल
२७ साउन २०७५ ६:२४

काठमाडौँ। चलचित्र ‘सुश्री सम्पति’ मंसिर २८ गते रिलिज हुने भएको छ।

भाद्र २२ मा रिलिज गर्ने सोँच अनुसार पोस्ट प्रोडक्सनको कामलाई अगाडी बढाएता पनि केहि प्राविधिक कारणले गर्दा चलचित्रले रिलिज डेटलाई पछाडी सारेको बताइएको छ।

केहि समय अगाडी मात्र ‘हुकुम’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले रिलिज डेट केहि दिनमा घोषणा गर्ने बताएको थियो। रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्।

चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन्।

अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ। चलचित्रलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ। चलचित्रलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *