न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु
काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ।
दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ।
शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment