सन्दीप लामिछानेको मुद्दा चौथो नम्बरमा
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ।
जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्। सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदैछ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको छ। उक्त इजलासमा सन्दीपको मुद्दा चौथो नम्बरमा परेको छ।
यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। तर, बिहीबार उनको पेसी चौथो नम्बरमा परेको छ।
हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि बुधबार क्रिकेटरहरुले आवाज उठाएका थिए। एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंको आदेशअनुसार उनी १८ कात्तिकमा कारगार चलान भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment