ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्रमा सुरु गर्यो ‘टाइम कार्ड’
ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ। प्रशासनले १९ पुसदेखि राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइमकार्ड प्रणाली लागू गरेको हो।
प्रशासनका अनुसार हरेक दिन बिहान गेटमा टोकन वितरण हुन्छ भने बिहान १० देखि ११ बजेसम्म नागरिकता रुजु हुन्छ। त्यसपछि राष्ट्रिय परिचयपत्रको काम हुन्छ। प्रशासनका अनुसार अशक्त, अपांगता भएका र जेष्ठ नागरिकका लागि नागरिकताको रुजु र बायोमेट्रिकका लागि लाइन बस्नुपर्दैन।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कागजात र प्रक्रिया पूरा गरिसकेकालाई १० मिनेटभित्रै परिचयपत्र वितरण भइरहेको बबताए। ‘टाइम कार्ड’को व्यवस्था अन्य सेवामा पनि विस्तार गरिने उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment