अपी पावर कम्पनीले गर्यो लाभांश दिने घोषणा
काठमाडौँ। अपी पावर कम्पनीले आफ्नो सेयरधनीलाई लाभंशादिने घोषणा गरेको छ।
बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस दिने निर्णय गरेको हो। यसका साथै बैठकले बोनसमा लाग्ने कर तिर्नको लागि ०.८९ प्रतिशत नगद लाभांश दिने पनि भएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँको कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment