प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको २६ पुसबाट एकीकृत कारोबार

डिसी नेपाल
२२ पुष २०७९ १०:२९
72
Shares

काठमाडौँ। प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक पुस २६ गतेबाट एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले र कम्पनी रजिष्ट्रार कार्यालयले एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो। अन्तिम स्वीकृति पाएसँगै दुवै बैंकको एकीकृत कारोबार भने प्रभु बैंक लिमिटेडको नामबाट हुने भएको छ।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ। मर्जरपछि बैंकको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.