महुली लघुवित्तले गर्यो २५ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार दिउँसो २:३० बजे बसेको सञ्चालक समितिको १३३औँ बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
संस्थाले चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको २० प्रतिशतले हुन आउने ५ करोड ६४ लाख ३३ हजार ८८८ रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ४१ लाख ८ हजार ४७२ रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment