सेञ्चुरी बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन, कसरी थाहा पाउने नयाँ ?
काठमाडौँ। साबिक सेञ्चुरी कमर्सियल बैंकमा खाता भएका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ। प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु हुने भएकोले सेञ्चुरी बैंकका ग्राहकहरुको खाता नम्बर पनि परिवर्तन भएको हो।
प्रभु बैंकले आज एक सूचना जारी गर्दै सेञ्चुरी बैंकमा १२ अंकको खाता नम्बर अब १६ अंकमा परिवर्तन भएको जनाएको छ।
उक्त परिवर्तित खाता नम्बर मोबाइल तथा इन्टरनेट बैंकिङ्ग लगईन गरी वा प्रभु बैंकको शाखा कार्यालयमा सम्पर्क गरी यकिन गर्न बैंकले जनाएको छ। साथै, यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी रहेको बैंकले जनाएको छ ।
प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू हुने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment