दुई कम्पनीको सेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ। सेयर कारोबार रोक्का हुनेमा महिला लघुवित्त र महुली लघुवित्त वित्तीय संस्था रहेको छ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्सेले यी दुई कम्पनीलाई स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको हो। नेप्सेले यी दुई कम्पनीलाई स्पष्टीकरण पेस गर्नको लागि ३ कार्यदिनको समय दिएको छ।
महिला लघुवित्तले आज (मंगलबार) बिहान १०ः३० बजे बसेको सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी निर्णय गरी नेप्सेमा ११ः०९ मिनेटमा नट्समार्फत जानकारी पेस गरेको थियो।
यस्तै, महुली लघुवित्तको सञ्चालक समितिको बैठक भने पुस २५ गते (सोमबार) दिउँसो २ः३० बजे कारोबार समयमा बसेर लाभांशसम्बन्धी निर्णय गरेर आज कारोबार समयअगावै नेप्सेमा सूचना पठाएको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।







डिसी नेपाल







Facebook Comment