२१.३५ अंकले घट्यो नेप्से, ७ अर्ब ६५ करोडमाथिको कारोबार
काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७५ अङ्कले घटेर ४१९.१६ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६५ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा न्यादी ग्रुप पावर कम्पनी अग्रिम स्थानमा छ। यसको आज २१ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा अपी पावर र रिडी पावर कम्पनीको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसूचकबाहेक सबै उपसुचकमा हरियाली छाएको छ। आजको कारोबारमा बाराही हाइड्रोपावर र सिङ्गति हाइड्रो इनर्जीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, तारागाउँ होटल्स र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment