आत्मदाह गर्ने आचार्यका परिवारलाई भेट्न अस्पताल पुगे गृहमन्त्री लामिछाने

डिसी नेपाल
११ माघ २०७९ १४:५९
832
Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद् भवनअगाडि आत्मदाह गरे निधन भएका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गरेका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरअगाडि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो।

अस्पताल पुगेर आचार्यका परिवारलाई भेट्दै गृहमन्त्री लामिछानेले सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।

लामिछानेले आजै सामाजिक सञ्जालमार्फत राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका थिए।

नयाँबाआचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *