गजुरी-गल्छी सडकमा लेदो हटाउने कार्य जारी, पृथ्वी राजमार्ग अझै अवरुद्ध

डिसी नेपाल
१२ भदौ २०८३ ८:१३

काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्ग सडकखण्डमा सवारी आवागमन आज पनि बन्द रहेको छ। प्रहरीले अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन नगर्न आग्रह गरेको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा लेदोले सडक ढाकेकोर सडकमा ठूलो मात्रामा लेदो जमेकाले तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था रहेको छैन। अहिले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले लेदो हटाउने काम गरिरहेका छन्।

मुग्लिन नारायणघाट सडक भने सुचारु रहेपनि गाडीको आवागमन निकै कम रहेको प्रहरीले जानकारी दिएको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुलाई उक्त सडकखण्डमा यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

बाढी र पहिरोका कारण सडकको अवस्था जोखिमपूर्ण बनेकाले प्रहरीले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। सडकमा जमेको लेदो हटाउने तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन गर्न कठिन हुने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *