माओवादीको स्थायी कमिटी बैठक बस्दै

डिसी नेपाल
१२ माघ २०७९ ८:४०
36
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। आज बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएकाे छ।

पार्टी संगठन विकास र विस्तार, दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि बैठकका एजेण्डा रहेको छ। माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने सहमति गरेको छ।

यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ। स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने बताइएको छ। आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *