माओवादीको स्थायी कमिटी बैठक जारी
काठमाडाैं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेकाे छ।
पार्टी संगठन विकास र विस्तार, दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि बैठकका एजेण्डा रहेको छ। माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने सहमति गरेको छ।
यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ। स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने बताइएको छ। आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्ने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment