रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्चको आदेश

डिसी नेपाल
२२ माघ २०७९ १७:३७
364
Shares

काठमाडौं। पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको छ।

इतबार न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले सुनुवाइ गर्दै उक्त मुद्दाको प्रत्यर्थी झिकाउने आदेश दिएको हो।

नेता चौधरीले आफूविरुद्ध जन्मकैदको फौसला खारेज हुनुपर्ने माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

सर्वोच्चको प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुने र मिसिलको अध्ययनसँगै प्रमाणको मूल्याङ्कन गर्ने काम हुनेछ।

वि‍.सं. २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एसएसपी लक्ष्मण न्यौपाने र एक बालकसहित आठ जनाको मृत्यु भएको थियो।

टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *