लुकामारी खेल्दाखेल्दै ३७०० किलोमिटर टाढा अर्को देश पुगे बालक !

डिसी नेपाल
२३ माघ २०७९ १४:५६

काठमाडौं । लुकामारी खेल्दै गर्दा एक १५ वर्षीय बालक ३ हजार ७ सय किलोमिटर टाढाको अर्को देश पुगे । ६ दिनपछि उनी फेला परेपछि मानिसहरु छक्क परे । यस क्रममा बालकका परिवारका सदस्यले उनको खोजी गरिरहेका थिए । घटना बंगलादेशको चटगाउँको हो, जहाँबाट हराएका बालक ७ दिनपछि मलेसियामा फेला परेका थिए ।

रिपोर्टका अनुसार १५ वर्षीय फहीम आफ्ना साथीहरूसँग चटगाउँ बन्दरगाहमा लुकामारी खेलिरहेका थिए । यसैबीच उनले आफूलाई सिपिङ कन्टेनरमा थुनेर त्यहीँ सुते । उनी बिउँझिँदासम्म कन्टेनर मलेसिया पुगिसकेको थियो । न त उनको परिवारका सदस्यहरू न त त्यहाँ काम गर्ने मानिसहरूले यसको बारेमा थाहा पाए।

तर मलेसियाको बन्दरगाहमा कन्टेनर खोल्दा त्यहाँका कर्मचारीहरु चकित परेका थिए । त्यहाँबाट एउटा बालक निस्किए । सोधपुछका क्रममा उनी बंगलादेशका हुन् भन्ने थाहा भयो । त्यसपछि अधिकारीहरूले चटगाउँ बन्दरगाहका कर्मचारीहरूलाई जानकारी गराएका थिए।

जनवरी ११ मा बेपत्ता भएका फहिम १७ जनवरीमा मलेसियाको बन्दरगाहमा फेला परेका थिए । मलेसियाली समाचार एजेन्सी बर्नामाका अनुसार मलेसियाका गृहमन्त्री दातुक सेरी सैफुद्दीन नास्युशन इस्माइलले यस घटनाको बारेमा बयान दिएका छन्। उनले भने– बालक कन्टेनरभित्र पसेको मानिएको छ, त्यसपछि त्यहीँ सुतेर यहाँ पुगे ।

कन्टेनरमा फहिम एक सातासम्म भोकै र तिर्खा सहेर बसेको बताइएको छ । जसका कारण उनी निकै कमजोर भएका थिए र उनलाई ज्वरो पनि आएको थियो । बाहिर निकालेपछि परीक्षणका लागि नजिकैको अस्पतालमा लगिएको थियो ।

प्रहरीले सुरुमा यो मानव बेचबिखनको घटना हुन सक्ने आशंका गरे पनि बंगलादेशी अधिकारीसँग सम्पर्क गरेपछि सत्यतथ्य बाहिर आएको थियो । तर, यो पहिलो घटना भने होइन । गत वर्ष अक्टोबरमा मलेसियाली प्रहरीले कन्टेनरबाट १५ वर्षीय बालकको शव फेला पारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *