रक्षामन्त्री उप्रेती दिल्लीमा, भेटे भारतीय समकक्षी सिंहलाई

डिसी नेपाल
१ फागुन २०७९ १३:५९
148
Shares

दिल्ली। पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहलाई भेटेका छन्। सो भेटमा दुई देशबीचको आपसी हित र चासोको विषयमा छलफल भएको छ।

पाँच दिने भारत भ्रमणका लागि मन्त्री उप्रेती आइतबार दिल्ली आएका थिए। पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि नेपालबाट विदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन्।
यसअघि पराराष्ट्र मन्त्री विमला राई श्रीलंका गएकी थिइन् । उनी श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्केसकेकी छिन्।

मन्त्री उप्रेती बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनेछन।

मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि भारत भ्रमणमा आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *