अमेरिकी उप-सहायक विदेशमन्त्री अफरीन अख्तर नेपालमा
काठमाडौं। दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल आइपुगेकी छन्।
अमेरिकी राजदूतावासका अनुसार अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर सोमबार काठमाडौंमा आइपुगेकी हुन्।
उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)तथा ऊर्जा नेपालका साझेदारहरुका साथै नेपाली सेना र सरकारी अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा उनले छलफल गर्ने दूतावासले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment