ज्ञानेन्द्र शाहले गरे दुर्गा प्रसाईंको महाअभियानको उद्घाटन, आधा घण्टा बसे तर केही बोलेनन्
झापा। पूर्वराजा ज्ञानेन्द्र शाहले झापाका दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको सोमबार उदघाटन गरेका छन्।
सरकारले ‘जनयुद्ध दिवस’को सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उदघाटन गरेका हुन्।
कार्यक्रम स्थतलमा पुगेका पूर्वराजा शाह आधा घण्टा बसेर फर्किएका थिए। उनले त्यहाँ कुनै सार्वजनिक अभिव्यक्ति दिएनन्। मेचीनगर नगरपालिका-६ को प्यारिभिट्टामा आयोजित समारोहमा महाअभियान सुरु गरिएको हो।
उद्घाटन कार्यक्रममा शाहकी श्रीमती कोमल शाह, छोरा पारश शाह र छोरी शिताष्म शाहको सहभागिता थियो। पूर्वघोषित कार्यक्रम अनुसार शाह परिवार दिउँसोको २ बजे कार्यक्रम स्थल आइपुगेको थियो।
उनीहरू त्यहाँ आधा घण्टामात्रै बसेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment