संसदीय अभिलेख व्यवस्थापनमा सभामुखको चासो

डिसी नेपाल
२ फागुन २०७९ १५:००
12
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले संघीय संसदको अभिलेख व्यवस्थापनमा चासो लिएका छन्।

सभामुख घिमिरेले २०७९ फागुन २ गते मंगलबार संघीय संसदको पुस्तकालय निरीक्षण गर्दै संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिए। उनले पुस्तकालयलाई सरल र व्यस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउन समेत निर्देशन दिए।

सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ अध्ययन अनुसन्धानमा सहजता अपनाइदिन पुस्तकालय शाखालाई निर्देशन दिए। उनले संसद् संग्रहालयको समेत निरीक्षण गरेका थिए।

सभामुख घिमिरेसँगै संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम, सचिवालय सचिवहरु सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायत पुस्तकालयको निरीक्षणमा सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *