श्री एयरलाइन्सको विमानबाट सांसद भण्डारीलाई भारत लैजाने
काठमाडौं। खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ।
बिहीबार दिउँसो २ बजे श्री एयरलाइन्सको विमानबाट उनलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजान लागेको हो।
हाल कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित भारत लैजान लागिएको हो।
बुधबार राति खाना पकाउने सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । तर, बिहीबार बिहान उपचारकै क्रममा आमा हरिकलाको निधन भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment