पोखरामा बस दुर्घटना हुँदा ४२ जना घाइते
कास्की। पोखरा महानगरपालिका-२६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित ४२ जना घाइते भएका छन्। पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग१ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो।
घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले बताए। ‘ब्रेक फेल’ भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएका प्रहरी प्रमुख केसीको भनाइ छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment