स्पट फिक्सिङ आरोपमा पाँँच जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९-२७ सम्म भएको नेपाली टी-२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment