कुमारी बैंकको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
९ फागुन २०७९ १०:१२
140
Shares

काठमाडौँ। कुमारी बैंकले १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले सुरुमा आवेदन दिन सक्नेछन्, अन्य संस्थापक सेयरधनी यसका लागि प्रमुख हकदारमा परेका छन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आबेदन दिनु पर्नेछ । सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

सुचना अनुसार उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.