कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार
काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्ने तय भएको छ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ। यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment