तेह्रथुममा भीषण आगलागी, १४ घर जलेर नष्ट

डिसी नेपाल
१२ फागुन २०७९ २०:४९
72
Shares

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ। आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ। १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए।

नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणबाहिर रहेको छ। स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगो निभाउन भर्खरै फिदिम नगरपालिकाको दमकल घटनास्थल आइपुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *