आगामी वर्ष खेल क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

डिसी नेपाल
१६ फागुन २०७९ १७:३०
16
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बर्ष खेल क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाएका छन् ।

ललितपुरको च्यासलमा रहेको फुटबल रंगशालाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आउने बजेटमा खेल क्षेत्रमा पहिलेभन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिबद्धता जनाएका ्हुन् । उनले यस क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गर्दा समस्या हुने गरेको भन्दै अब त्यस्तो नहुने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले देशका सबै प्रदेश, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा आवश्यक नीति, योजना र कार्यक्रम बनाएको जानकारी दिए। उनले खेल क्षेत्रलाई संस्थागत र विकसित गर्न सके मात्रै समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुने र सिङ्गै राष्ट्र पनि सबल रूपमा अघि बढ्ने आधार निर्माण हुने धारणा राखे ।

बागमती किनारमा रहेको च्यासल रंगशालामा तीन पट्टी प्यारापिट बनाइएको छ भने चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम लगाएत निर्माण गरिएको छ । कार्यक्रममा कलाकार र एन्फा पदाधिकारीबीच मैत्रीपूर्ण फुटबल खेलाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *