राप्रपाको नीतिः माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने!

डिसी नेपाल
१७ फागुन २०७९ ७:१४
176
Shares

काठमाडौं। बाग्मती र कर्णाली प्रदेश सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ को सरकारले सघाउने संकेत गरेको छ।

नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बाग्मती र कर्णाली प्रदेशवाट केन्द्रीय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढने संकेत गरेको हो।

मुख्यमन्त्री कार्कीसँग हिजो बसेका राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले कार्की सरकारलाई समर्थन कायम नै राखेर जान सक्ने बताएको एमाले नेताहरुले बताएका छन्।

‘राप्रपाका साथीहरुले सरकारवाट तत्काल समर्थन फिर्ता नलिने बरु मिलेर जानु पर्छ भन्ने धारणा राख्नु भएको छ,’ एमालेका एक नेताले भने। उनका अनुसार सरकार र संसदमा मिलेर जाने बारेमा दुबै पार्टी बिच घनिभुत छलफल भएको छ।

यता, कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रदेश सांसद सन्तोषी शाहीले जानकारी दिएकी छिन्।

राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारवाट बाहिरिने निर्णय गरे पछि कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागिएको हो। बुधवार नै संसद सचिवालयमा गएर समर्थन फिर्ता लिएकाे सांसद शाहीले जानकारी दिएकी छिन्।

उता, बाग्मती प्रदेशमा रहेका तीन मन्त्रीले आइतवार नै सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिई सकेका छन्।

माओवादीका शालिकराम जम्मेरकट्रेल नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीहरु मा खानेपानी मन्त्री उद्धव थापा, ऊर्जा तथा सिंचाइ मन्त्री डम्बरबहादुर तामाङ र उद्योग तथा सहकारी मन्त्री राजु बिष्टले राजीनामा दिइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *