नेपाल अन्तर्राष्ट्रिय आतंकवादको ट्रान्जिट प्वाइन्ट भएको अमेरिकाको दावी
काठमाडौं । अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहका लागि ट्रान्जिट प्वाइन्ट भएको दाबी गरेको छ । अमेरिकी ब्युरो अफ काउन्टर टेररिज्मले जारी गरेको वार्षिक प्रतिवेदनमा नेपालको सन्दर्भमा यस्तो भनिएको हो ।
अमेरिकी सरकारको विदेश विभाग अन्तर्गत, यस ब्यूरोले प्रत्येक दुई वर्षमा एक रिपोर्ट प्रकाशित गर्दछ। मंगलबार प्रकाशित ३३० पृष्ठको वार्षिक प्रतिवेदन २०२१ को पृष्ठ १७९ र १८० मा नेपालबारे उल्लेख छ ।
प्रतिवेदनले भारतसँगको खुला सिमाना र काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको अपर्याप्त सुरक्षा प्रोटोकलमाथि गम्भीर प्रश्न उठाएको छ । प्रतिवेदनमा यी दुई आधारमा नेपाललाई अन्तर्राष्ट्रिय आतङ्ककारी समूहहरूका लागि नेपाल प्रवेश गर्ने सजिलो बिन्दुका रूपमा मूल्याङ्कन गरिएको छ ।
नेपालको विमानस्थलको सुरक्षा व्यवस्था निकै कमजोर र अपर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी प्रतिवेदनमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्क्रिनिङ राम्ररी नगरिएको र नेपाल आउने यात्रुको विवरण डाटाबेसमा नराखिएको पनि उल्लेख छ ।
प्रतिवेदनले यात्रा कागजातको वैधता जाँच गर्न पर्याप्त र आधुनिक उपकरणको अभावप्रति चिन्ता व्यक्त गरेको छ। प्रतिवेदनमा हालसम्म काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राभल डकुमेन्ट सेक्युरिटी मेसिन र अल्ट्राभायोलेट बत्तीको व्यवस्था हुन नसकेको जनाएको छ ।
अमेरिकाले आफ्नो प्रतिवेदनमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीको संख्यामा कमी हुनु पनि एउटा कारण रहेको बताएको छ । विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षाकर्मीलाई सोही अनुसारको तालिमको पनि अभाव भएको भनिएको छ ।
प्रतिवेदनमा विमानस्थलमा इन्टरपोलका अफिसरलाई तैनाथ नगरिनु पनि सुरक्षाका लागि खतरा भएको उल्लेख गरिएको छ । अहिले नेपाल प्रहरीको विशेष ब्यूरोका करिब १० जना अधिकारी विमानस्थलमा तैनाथ छन् ।
विमानस्थलमा इन्टरपोलका अधिकृत तैनाथ नभए पनि नेपाल प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोल कार्यालयमा करिब १५ जना अधिकृत खटाइएको छ तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्टरपोल कार्यालयमा कर्मचारी नहुँदा मोस्ट वान्टेड अपराधीहरू सजिलै विमानस्थलसम्म पुग्न सक्ने चिन्ता व्यक्त गरिएको छ । सुरक्षा व्यवस्थालाई जोखिममा पारेर बाहिर निस्कने चिन्ता व्यक्त गरिएको छ ।
इन्टरपोलको जानकारी विमानस्थलको डाटाबेसमा राखिएको भए पनि यो डाटाबेसमार्फत यात्रुको नियमित जाँच नहुने पनि अमेरिकी प्रतिवेदनमा दाबी गरिएको छ । प्रतिवेदनमा लेखिएको छ कि सुरक्षा र अध्यागमन अधिकारीहरूले सामान्यतया अमेरिकी अनुरोधहरूमा जानकारी दिन्छन्, तर तिनीहरूसँग सधैं पर्याप्त जानकारीको अभाव हुन्छ।







डिसी नेपाल







Facebook Comment