संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने नौ दलको निर्णय
काठमाडौं। सत्ता गठवन्धन आबद्ध नौ दलको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ।
नौ दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायको विषयमा अदालतले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले द्वन्द्वकालीन घटनाका समस्या समाधान गर्ने विषय देशकै साझा एजेण्डा भएको बताए।
उनले यसलाई सकारात्मक निष्कर्षमा पुर्याउन सबै पक्ष लाग्नुपर्ने बताए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment