लोसपाले मनायो होली पर्व
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा होली पर्व मनाएको छ।
लोसपाका नेता, कार्यकर्ताहरूले ‘होली मिलन समारोह’ मा आपसमा रङ दलेर होली पर्व मनाएका हुन्। पार्टीका नेताकार्यकर्ताबीच होली मिलन समारोह गरेर होली मनाइएको लोसपाका कार्यकारिणी सदस्य डा सुरेन्द्र झाले जानकारी दिए।
होली पर्वको पूर्वसन्ध्यामा नेताहरूले काठमाडौँमा होली मनाएका हुन्।
यस वर्षको होली पर्व सोमबार पहाडमा र तराईमा आगामी मङ्गलबार मनाइनेछ। कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरूसहित उल्लेख्य सङ्ख्यामा पार्टी कार्यकर्ताहरूको उपस्थिति थियो।
यसअघि होली पर्वको पूर्वसन्ध्यामा मिथिला संस्कृति समाजले शनिबार माइतीघर मण्डलामा फगुवा उत्सव आयोजना गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment