पृथ्वी राजमार्गको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालन

डिसी नेपाल
२२ फागुन २०७९ ९:२८
36
Shares

दमौली। गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ। म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर अवरुद्ध रहेको उक्त खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो।

आइतबार राति परेको वर्षाका कारण बाटो हिलाम्य हुँदा सडकमै गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थियो। बिहानदेखि एकतर्फीरुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाणले जानकारी दिए। सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको उनको भनाइ छ ।

पृथ्वी राजमार्ग विस्तारका लागि काम भइरहँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले सर्वसाधारणलाई सास्ती भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *