होलीमा अभद्र व्यवहार गरेको आरोपमा २ सय भन्दा बढी पक्राउ
काठमाडौं । होलीमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ सय भन्दा बढी पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार काठमाडौंका विभिन्न स्थानबाट होलीको क्रममा उच्छृंखल व्यवहार गर्ने, एक अर्कालाई इच्छा विपरित पानी छ्याप्ने रंग दल्ने जस्ता कार्य गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले घट्नाको प्रकृति हेरेर केहीलाई आज साँझ नै छाडिने र बाँकीलाई अनुसन्धान गर्ने गर्ने जानकारी दिए । ‘केहिलाई अभद्र व्यवहारमा मुद्धा चलाउने छ केहीलाई सम्झाएर छाडिनेछ’, एसएसपी कार्कीले भने ।
प्रहरीले काठमाडौं उपत्यकामा ५ सय ४३ मोटरसाइकल होल्ड गरेको थियो । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । यसरी नियन्त्रणमा लिएका मोटरसाइकललाई कागाजात लिएर छाडेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment