नारी दिवसको प्रतिक रङ : प्याजी, हरियो र सेतो

डिसी नेपाल
२४ फागुन २०७९ ६:५५
36
Shares

काठमाडौं। आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरीसहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।

संयुक्त राष्ट्र संघवाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ। नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ।

अन्तर्राष्ट्रिय महिला दिवसको वेबसाइट अनुसार प्याजी, हरियो र सेतो रङ महिला दिवसका प्रतिक रुपमा मान्ने प्रचलन छ। उक्त वेभसाइटका अनुसार प्याजी रंङले न्याय र गरिमा इङ्गित गर्दछ भने हरियो रङले आशाको प्रतिक रुपमा लिइन्छ।

सेतो रङले भने पवित्रताको प्रतिनिधित्व गर्ने महिलावादी तथा लेखकहरुको भनाइ रहँदै आएको छ। यद्यपि यो सर्वस्वीकार्य धारणा भने होइन। केही महिलावादी, अभियन्ता तथा लेखकहरू यी तीनवटा रङलाई प्रतिक रङको रुपमा विश्वास गर्दछन् र मार्च ८ मा यी रङको पोशाक लगाएर .प्लेकार्डसहित विभिन्न कार्यक्रम गर्ने गरिन्छ।

सन् १९०८ मा बेलायतमा महिलाहरूको सामाजिक र राजनीतिक संघ संगठनहरूबाट यी प्रतिक रङको अवधारणा सुरु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *