नारी दिवसमा विभिन्न प्रचलन: फूल साटासाट गर्नेदेखि मार्चभरी नै मनाउने चलनसम्म
काठमाडौं। आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ।
संयुक्त राष्ट्र संघवाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ। नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ।
अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ।
नेपालमा जस्तै विश्भरीका धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन्। कतिपय देशले भने नारी दिवस फरक ढगले मनाउने गरेका छन्, जसको आफ्नै मौलिकता झल्किन्छ। रुसमा यस दिवसकाे अघिल्लो दिनदेखि पछिल्ला दिनहरुमा फूलको व्यापार अन्य दिनभन्दा दोब्बर हुन्छ। मानौं, भ्यालेन्टाइन डेलाई झल्को दिनेगरी फूल एक अर्कालाई दिएर नारी दिवस मनाइन्छ।
इटलीमा भने यो दिन पहेँलो रङको फूल एकअर्कालाई दिएर मनाइन्छ। यो परम्परा दोस्रो विश्व युद्धपछि रोमबाट थालिएको ठानिन्छ। अमेरिकामा मार्च ८ लाई मात्र होइन, मार्चभर नै महिलाको ऐतिहासिक महिना मानिन्छ।
चीनमा भने नेपालमा जस्तै मार्च ८ मा महिलाहरूलाई आधा दिन बिदा दिइन्छ, तर धेरै रोजगारदाताले आफ्ना महिला कर्मचारीलाई आधा दिन बिदा दिँदैनन्। चीनमा भने पछिल्लो समय रोजगारदाता कम्पनीहरुलाई राज्यले क्रमश: बिदा दिन बाध्य गराउँदै छ।







डिसी नेपाल







Facebook Comment