अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
३० साउन २०८३ १६:३०

धनगढी। अछामको मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भएर सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु १ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना निवासी करिब ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो। उपचारका क्रममा बोगटीको दिउँसो १:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *