नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

डिसी नेपाल
२५ फागुन २०७९ ११:१५
132
Shares

भक्तपुर। राष्ट्रपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट मतदानमा सहभागी नहुने भएको छ। पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा बिहीबार बिहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको हाे।

पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

एमसीसी खारेजीको विषयलगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदबारहरुले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीले जनाएको छ। पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमति प्रदेशसभा सदस्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.